LISTEN LIVE RADIO

डा. योगीद्धारा बड्डाँडाकाे आइसोलेसनलाई झण्डै डेढ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान



डा. योगीद्धारा बड्डाँडाकाे आइसोलेसनलाई झण्डै डेढ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ २१ जेठ । प्युठान जिल्लाको बड्डाँडामा रहेको सरुमारानी गाउँपालिकाद्धारा सन्चालित कोरोना आइसोलेसनलाई झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे