LISTEN LIVE RADIO

राष्ट्रपतिको पछिल्लो कदम बिरुद्ध सर्बौच्चमा ६ जनाको उजुरी



राष्ट्रपतिको पछिल्लो कदम बिरुद्ध सर्बौच्चमा ६ जनाको उजुरी

काठमाडौं ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदम बिरुद्ध सर्बौच्च अदालतमा ६ जनाले रिट दर्ता गरेका छन् । शुक्रबार अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, राजकुमार सुवाल, कपिलदेव ढकाल लगायत ६ जनाले रिट राष्ट्रपतिको पछिल्लो कदम बिरुद्ध सर्वौच्च रिट दायर गरेका हुन ।

उनीहरुले रिटमा संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको दाबी गरेका छन् । प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्कौ सरकार गठन गर्न नमिल्ने रिट दायर कर्ताहरुको दाबी गरेका छन् । नयाँ सरकार निर्माण गर्न कि, प्रधानमन्त्रीले राजीना दिनुपर्ने वा संसदबाट विश्वासको मत गुमाएको हुनुपर्ने प्राबधान छ । त्यसैले प्रधानमन्त्रीको पद मुक्त नभई नयाँ सरकार गठनको आह्वान हुन नसक्ने रिट निबेदकहरुले जिकिरि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे