LISTEN LIVE RADIO

नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर, देउवा र प्रचण्ड शीतल निवासमा



नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर, देउवा र प्रचण्ड शीतल निवासमा

काठमाण्डाै ७ जेठ । नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ ।

एक सय ४९ सांसदको हस्ताक्षरसहित नेताहरू शीतल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भए पनि नेताहरूले यसलाई अझै छलफल गर्दै गएर टुङ्ग्याउने भनेकाले उनीहरूले नै टुङ्ग्याउने नेता थापाले भने ।, ‘पार्टीहरूको बीचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरू जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर एक सय ४९ जना सांसदसहितको दाबी गर्ने भन्ने छ थापाले भने ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएका छन् । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे