बाग्मती प्रदेशमा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित



बाग्मती प्रदेशमा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाडौं ६ जेठ । बाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित भएका छन् । हेटौँडामा आज भएको उपनिर्वाचनमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्  ।

खिमलाल देवकाेटा ५ हजार ८८ मतभार सहित विजयी भएका हुन् । यस्तै रामबहादुर थापाले ४ हजार १४ मतभार र कृष्णगाेपाल तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन भएकाे हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे