LISTEN LIVE RADIO

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कुल संक्रमितको संख्या ९८ हजार ६१७

देउखुरी टुडेकर्मी, काठमाडाैं २२ असाेज ।

नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७१ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२।९ प्रतिशत संक्रमित निको भएका छन् ।हाल नेपालमा २६ हजार ६८४ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या ११ हजार ७१७ छ भने होम आइशोलेसनमा १४९६७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १८४७३ जनाको पिसिआर विधिबाट परिक्षण परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे