बालबालिकालाई दिने खोपमा ढिलाइ गरेर गरिब देशलाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह



बालबालिकालाई दिने खोपमा ढिलाइ गरेर गरिब देशलाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह

काठमाण्डाै १ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बालबालिका तथा किशाेर किशाेरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशाेररकिशाेरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गरेका छन् ।

उनले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गरे ।अमेरिकाले गएको हप्ता १२ देखी १५ वर्षका किशाेर किशाेरीलाई खोप दिने घोषणा गरेकाे थियाे । अरु देशले पनि तयारी गरिरहेका छन् । यसबाट कम आय भएका देशका वयस्क मानिसले खोप पाउने समय पर धकेलिने भन्दै डब्ल्यूएचओले अहिले वयस्क मानिस नै खोपको आवश्यकतामा रहेको बताएको छ ।

सबै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाइरहेकोले अहिले स्वास्थ्यकर्मी लगायत कोरोना विरुद्ध अग्र पङ्क्ति मा रहेकाहरुलाई प्राथमिकता दिन पनि निर्देशक गेब्रियसको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे