प्रेस चौतारीका केन्द्रिय अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खाेजेपछि चौतर्फी विराेध



प्रेस चौतारीका केन्द्रिय अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खाेजेपछि चौतर्फी विराेध

काठमाडौं २७ भदाै । समाचारको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासको सर्बत्र बिरोध भएको छ ।

बागबजार स्थित कार्यक्रमस्‍थल पुगेर प्रहरीको साईबर ब्‍युरोको टोलीले उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । जनता टाइम्स अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पक्राउ गर्न खोजिएपछि पत्रकार महासंघ लगायत प्रेससँग सम्बन्धित संघ/संगठनले त्यसको निन्दा गरेका हुन् । महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गर्दै संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको उल्लेख गर्दै पक्राउको प्रयासप्रति आपत्ती जनाएका छन् ।  काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरेको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले  विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर अपराधी जस्तो पक्राउ गर्न खोज्नु स्वतन्त्र प्रेस र कानुनको समेत ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् । आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन उनले संगठनको तर्फबाट चेतावनी समेत दिएका छन् ।  साईबर व्यूरोका प्रवक्ता दीपकराज अवस्थीले भने अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेपछि सोधपुछ मात्रै गर्न खोजिएको दाबी गरेका छन् । साझाबोली डटकम बाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे