LISTEN LIVE RADIO

अहिले देशका केही ठाउँमा वर्षा



अहिले देशका केही ठाउँमा वर्षा

काठमाण्डाै २९ बैशाख । अहिले देशका केही ठाउँमा पानी परेको छ । बिहान काठमाण्डौ उपत्यकामा केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली भएर पानी पर्न थालेको हो ।

अहिले, काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश २ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र र गण्डकी प्रदेशमा पानी परिरहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिनभरि नै देशभरको मौसम बद्ली नै रहने उनले बताए । पानी पार्ने प्रणाली पूर्वतर्फ सर्दै गरेकाले केही घण्टा पछि भने वाग्मगती प्रदेशमा पानी पर्ने सम्भावना कम हुने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँको मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे