LISTEN LIVE RADIO

बहुमतको सरकार गठनका लागि तत्काल आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह



बहुमतको सरकार गठनका लागि तत्काल आह्वान गर्न राष्ट्रपतिलाई तीन दलको आग्रह

काठमाडौं २७ वैशाख । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत  भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।

उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे