LISTEN LIVE RADIO

धरहराकाे काम अन्तिम चरणमा, भोलि उद्घाटन हुने



धरहराकाे काम अन्तिम चरणमा, भोलि उद्घाटन हुने

काठमाण्डाै १० बैशाख । भोलि उद्घाटन गरिने ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाइको काम भइरहेको छ ।

आज बेलुकासम्म रङ्ग रोगनसँगै सफाइको काम सम्पन्न हुने रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिए । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उनले जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा ३३० किलोको गजुर राखिसकिएको छ ।

गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भोलि बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने तयारी छ । यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले नागरिकका लागि खुला हुन भने आउँदाे मङ्सिरसम्म लाग्ने आयोजना व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

कोरोना कारण लकडाउनको समय र दशैँ तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो । २२ तला धरहरा पहिलाको धरहराको शैलीमा बनेको हो । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे