आज घोडेजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा



आज घोडेजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डौ २९ चैत्र । आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्छन् ।

आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गर्ने गरिन्छ । गएको वर्ष कोरोना महामारीका कारण लकडाउन भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको नेपाली सेनाले जनाएको छ । टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्र्सी जस्ता तरकारीबालीको बीउ रोप्ने चलन छ । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे