पत्रकार महासंघ दाङ शाखाका निर्वाचित पदाधिकारीद्धारा प्रमाणपत्र ग्रहण



पत्रकार महासंघ दाङ शाखाका निर्वाचित पदाधिकारीद्धारा प्रमाणपत्र ग्रहण

दाङ २९ चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनमा निर्वाचित पदाधीकारीलाई प्रमाण वितरण गरिएको छ । महासंघको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

निर्वाचन समितीका संयोजक सुदिप गौतमको अध्यक्षमा भएको कार्यक्रमा महासंघ लुम्बिनी प्रदेश र दाङ शाखामा निर्वाचीत पदाधीकारीलाई विजयी भएको प्रमाण पत्र प्रदान गरिएको हो ।

जिल्ला अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्षहरु सन्तोष सुवेदी,बसुन्धरा गौतम, सचिव आरके सितल,सह सह सचिवहरु दशरथ घिमीरे,दिप्तीशिखा चौधरी,कोषाध्यक्ष शरद रेग्मी लगाययत सदस्यहरुको सहभागिता रहेको थियो । यस्तै लुम्बनी प्रदेशमा निर्वाचित कार्यसमितीलाई समेत प्रमाण्पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे