LISTEN LIVE RADIO

पत्रकार महासंघ जाजरकोट शाखामा बालकुमार शर्माकाे प्यानल निर्वाचित



पत्रकार महासंघ जाजरकोट शाखामा बालकुमार शर्माकाे प्यानल निर्वाचित

काठमाडौं २५ चैत्र । नेपाल पत्रकार महासंघको जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन् । बुधबार भएको  मतदानमा ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी क्रान्तिकारी पत्रकार संघका दिपबहादुर घर्तीले २२ प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष (महिला)मा गठबन्धनकी टुकमाया घर्ती ६६ मत सहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी  क्रान्तिकारी पत्रकार संघकी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन् ।

सचिवमा गठबन्धनका भरत शर्मा  ५५ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका बिनोद घर्तीले २४ मत पाए । यस्तै कोषाध्यक्षमा गठबन्धनकै युद्ध जित शर्मा  . ६५  प्राप्त गरी निर्वाचित भएका छन् भने क्रान्तिकारी पत्रकार संघका तिर्थ बोहराले १० मत पाए ।

सहसचिवमा गठबन्धनका पवन शर्मा ६६ मतसहित बिजय हुँदा प्रेस चौतारी नेपालका जनक चन्दले २१ प्राप्त गरे । सदस्य (दलित)मा गठबन्धनकै काली बहादुर नेपाली ६६ मत ल्याएर बिजय भएका छन् । क्रान्तिकारी पत्रकार संघका धन बहादुर नेपालीले ९ मत पाएका थिए ।

निर्विरोध निर्वाचित उपाध्यक्ष :

सहदेव बस्नेत

निर्विरोध सहसचिव :

सपना वली

निर्विरोध निर्वाचित खुल्ला सदस्य :

बद्री पन्त

नवराज शाही

रेशम बहादुर खड्का

अर्पण रावल

सन्देश आचार्य

जनक सिंह

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे