LISTEN LIVE RADIO

घोराही-तुलसीपुर सडक खण्डको पर्सेनीमा रुखको हाँगा लागेर दुई जना गम्भिर घाइते



घोराही-तुलसीपुर सडक खण्डको पर्सेनीमा रुखको हाँगा लागेर दुई जना गम्भिर घाइते

दाङ १७ चैत्र । तुलसीपुरमा रुखको हाँगोले लागेर दुई जना गम्भिर घाइते भएका छन् । घोराही-तुलसीपुर सडक खण्डको तुलसीपुर-७ पर्सेनीमा चलिरहेको मोटरसाइकल माथिबाट रुखको हाँगो खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

रुखको हाँगोले लागेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प १८२२ नम्बरको मोटरसाइकलमा सवार घोराही-१५ का ३४ वर्षिय विशाल भट् चन्द र २४ वर्षिय माया थापा गम्भिर घाइते भएका हुन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडक निर्माणको क्रममा सडक माथि आएका पिपलका हाँगा काटिररहेको समयमा अचानक मोटरसाइकल आएपछि हाँगोले लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे