LISTEN LIVE RADIO

त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै, नेपालले बङ्गलादेशसँग खेल्दै



त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै, नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाण्डाै १६ चैत्र । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन। बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे