LISTEN LIVE RADIO

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको अध्यक्षमा सुरज खड्काको प्यानल अत्यधिक बहुमतले विजय



राप्ती उद्योग वाणिज्य संघ भालुवाङको अध्यक्षमा सुरज खड्काको प्यानल अत्यधिक बहुमतले विजय

भालुवाङ १४ चैत्र । राप्ती उद्योग बाणिज्य संघ भालुवाङकाे शनिवार भएकाे निर्वाचनबाट सुरज खड्का नेतृत्वकाे संयुक्त व्यवसायिक प्यानल अत्याधिक बहुमतले बिजय भएकाे छ। मत परिणाम अनुसार सुरज खड्काले ४०९ मत ल्याएर विजय भएका छन् । उनको निकटतम प्रतिद्धन्दी स्वतन्त्र व्यवसायीक प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले १४८ मत मात्र प्राप्त गरेका छन् । यसरी खड्का २६१ भारी मतले विजय भएका हुन् ।

त्यसै गरी संयुक्त व्यवसायीक प्यानलकै उपाध्यक्ष प्रेमबहादुर केसीले ४५२ मत ल्याएर विजय भएका छन् । त्यस्तै सोही प्यानलका सदस्यहरु चम्फा भुसाल ४४५, विक्रम पाण्डे ४४६, रोशन चौधरी ४३८, घमानसिंह रावत ४४२, कृष्णराज पौडेल ४४३ मत ल्याएर विजय भएका छन् । स्वतन्त्र व्यवसायीक प्यानलका निकटतम प्रतिद्धन्दी सदस्यहरु गोमा विष्ट ८९, प्रेमबहादुर जिसी ९५ र भुमि गुरुङ ९४ मत प्राप्त गरेर चित्त बुझाएका छन् ।

कुल ६ सय ९८ मतदाताहरु मध्ये कुल ५ सय ६८ मत खसेको थियो भने ५ मत बदर भएको निर्वाचन समितिका संयोजक टोपबहादुर झाँक्रीले जानकारी दिएका छन् । निर्वाचनका लागि यस अघि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, उपाध्यक्ष ओमप्रकाश बुढाथोकी महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भईसकेका छन् । मतदाताहरू लामो समयपछि मतदान गर्न पाउँदा उत्साहित भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे