२४ घन्टा नबित्दै डिएसपी खनालद्वारा लागुऔषध गाडी सहित ३ जना पक्राउ



२४ घन्टा नबित्दै डिएसपी खनालद्वारा लागुऔषध गाडी सहित ३ जना पक्राउ

बाँके ९ चैत्र । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडी सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे