रामजहदी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा



रामजहदी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा

भालुवाङ ८ चैत्र । रामजहदी सामुदायिक बनमा लागेको आगो नियन्त्रणमा आएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका १ मा पर्ने रामजहदी सामुदायिक बनमा शनिवार देखि लागेको आगो आज विहान नियन्त्रणमा आएको हो ।

सामुदायिक वनका उपभोक्ता, कर्मचारी, ससस्त्र प्रहरी बल भालुबाङ, इलाका प्रहरी कार्यालय भालुवाङका सुरक्षाकर्मीको टोली बिहानै देखि आगो नियन्त्रणमा खटिएका थिए । बस्ती देखि १ हजार मिटर माथि सामुदायिक वनमा आगलागी भएको थियो । आगलागीबाट रुख विरुवा तथा जडीबुटी जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे