स्वर्गीय केसीको श्रद्धाञ्जली सभा सम्पन्न



स्वर्गीय केसीको श्रद्धाञ्जली सभा सम्पन्न

लमही ८ चैत्र । नेकपा एमाले दाङ जिल्ला संगठन कमिटीले लमहीमा आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

 

प्रदेश कमिटी सदस्य एवं लमही नगरपालिकाका मेयर कुलबहादुर केसीकी ममतामयी आमा अमृता केसीको १३ औं दिनको पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली सभा गरिएको हो।

जिल्ला संगठन कमिटीका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कार्यालयका सचिव बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, केन्द्रिय सदस्यहरु छबिलाल वली, गिरिराज केसी, केन्द्रिय सदस्यहरु टोपेन्द्रबहादुर केसी, ध्रुब आचार्य, रामजी चौधरी मिलन, तुलसा केसीले शोक मन्तव्य व्यक्त एवं संबेदना प्रकट गरेका थिए ।

स्वर्गीय अमृता केसीका साहिला छोरा एवं लमही नपा ५ नम्बर वडा अध्यक्ष बिमबहादुर केसीको जीवनी प्रवेशबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला संगठन कमिटीका सचिव मनोहर बुढाथोकी गरेका थिए । भने कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा लमही नपाका मेयर एवं अमृता केसीका छोरा कुलबहादुर केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे