LISTEN LIVE RADIO

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय आमन्त्रित सदस्यमा दाङका खड्ग बुढाथोकी मनाेनित



नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय आमन्त्रित सदस्यमा दाङका खड्ग बुढाथोकी मनाेनित

दाङ ७ चैत । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी चर्चित तथा प्रतिष्थत युवा व्यवसायी खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्षसमेत रहेका बुढोथोकीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहेका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै उनले उद्योग बाणिज्य संघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यक्रममा बुढाथोकी सम्मिलित समितिले महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गरेका छन् । यता प्रतिष्ठित ब्यबसायिले अाफुलाई महत्वपुर्ण जिम्मेवारि दियकाले नेपाल उद्याेग बाणिँज्य महासंघलाई धन्यबाद समेत दियका छन साथै अाफ्नाे जिम्मेवारि सफलता पुर्वक निभाउने पनि बताएका छन् ।

दाङ घोराही निवासी व्यवसायी बुढाथोकी विभिन्न व्यवसायमा संलग्न हुनुकाे साथै बिभिन्न उद्याेग संचालन गरि सयाै जनतालाई राेजगारि समेत प्रदान गरेका छन् । सबैका प्रिय युवा ब्यबसायि बुढाथाेथि बर्षाै देखि धेरै संघसंस्थाकाे जिम्मेवार पदमा रहेर सफलता पुर्वक काम पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे