LISTEN LIVE RADIO

घोराही सिमेन्ट उद्योग विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर



घोराही सिमेन्ट उद्योग विरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर

घोराही ५ चैत्र । घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटासहित १ जनाले धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रही सञ्चालन हुनुपर्ने, उद्योग सञ्चालनको क्रममा निस्कने फोहोरजन्य पदार्थको समुचित रुपमा व्यबस्थापन गर्ने गराउनु पर्ने, उद्योग क्षेत्र भित्र र वरपर रहेको वातावरण परीक्षण संयन्त्रको तत्काल व्यबस्थापन गर्नुपर्नेलगायतका माग राख्दै रिट दायर गरेका हुन् ।

त्यस्तै नियमित रुपमा वातावरण परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने, सर्वसाधारणको जानकारीकालागि सार्वजनिक सूचना सम्प्रेशन गर्नुपर्ने, स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने नागरिकको अधिकारवाट बञ्चित गर्न नहुँने भन्दै रिट दायर गरेका हुन् । उनीहरुले रिट दायर गर्दै आफ्ना मागको सुनुवाई गरी विपक्षी उद्योग विरुद्ध अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे