गढवाको रामपुरमा आगलागी भएपछि……



गढवाको रामपुरमा आगलागी भएपछि……

गढवा ४ चैत्र । बुधवार अपरान्ह ११ बजे देउखुरीको गढवा स्थित रामपुरमा रहेको एक घरमा आगलागी भयो । आगो लागेको थाहा पाउनासाथ बिपद् प्रतिकार्यका लागि समुदाय स्तरमा बनाइएको सिबिआरटी टोलीले साइरन बजाएर माइकिङ ग¥यो । एउटा टोली खतराको निशानी झल्कीने झण्डा बोकेर बस्तीमा पस्यो । यो कुरा थाहा पाएपछि गाउँलेहरु आगलागी भएको स्थानमा पुगे । स्थानीय वालकल्याण आधारभूत बिद्यालयका शिक्षक र बिद्यार्थीहरु समेत हतार पतार गर्दै घटना स्थलमा पुगे ।

घटना स्थलमा पुगेर सबै बिद्यार्थी तथा रेडक्रसकर्मी र प्रहरीले स्थानीय साधन स्रोतको माध्यमबाट आगो नियन्त्रणमा लिए । घाइते बालबालिका, जेष्ठ नागरिक अपांगता भएका नागरिक र महिलाहरुलाई टोलीले उद्धार गर्न थाल्यो । घाइतेहरुलाई अस्पतालमा पु¥याउन एम्बुलेन्स बोलाइयो भने स्थानीय स्तरमा रेडक्रसकर्मी र प्रहरीहरुबाट अस्थायी आबास राहत बितरण र प्राथमिक उपचार लगायतका कामहरु गर्न थालियो । तर यो घटना भने वास्तविक होइन् ।

नेपाल रेडक्रस दाङको इनकोर कार्यक्रमले बिद्यार्थीहरु र स्थानीय समुदायलाई दिन थालेको सचेतना सन्देशको हो । गर्मिको समयमा हावाहुरी र मानविय लापर्बाहीका कारण हुने आगलागीको जोखिम कम गर्न समुदायमा सचेतना प्रवाह गर्न रेडक्रसद्धारा कृत्रिम घटना अभ्यास गराइएको कार्यक्रमका फिल्ड अधिकृत देवि प्याकुरेलले बताए ।

गाउँघरमा आगलागी भयो भने कसरी आगो निभाउने र पिडितहरुलाई पे्ररणा तथा सहयोग गर्न के के गर्ने भन्ने बिषयमा जानकारी लिन पाइयो बालकल्याण आधारभूत बिद्यालयको कक्षा ७ का बिद्यार्थी संभलना बिकले भने । गाउँमा आगो लागेको खबर पाएर घटना स्थलमा आएका हौ, तर यो त नाटक पो रहेछ । यो अभ्यासबाट घाइते र पिडितको लागि कसरी सहयोग गर्ने ? राहात कसरी वितरण गर्ने सबै सिष्टम सिक्न पाइयो–सोही बिद्यालयको कक्षा ८ का बिद्यार्थी दुर्गा पुनले भने । त्यसो त गढवा ६ रामपुर निवासी स्थानीयबासी सकिला खातुनले केही बर्ष पहिले आफ्नो घर र सिंगो गाउँमा आगलागी भएको बेला आफु बेहोस भएको झझल्को दिए । त्यसबेला हाम्रो पुरा गाउँ नै सखाप भएको हो ।

आफ्नो घर जल्दा केहि होस पाइएन आगो लाग्यो भने कसरी नियन्त्रणमा लिने भनने कुराको आजमात्र सिकाई भयो–खातुनले भने ।
घटना अभ्यासमा बालकल्याण आधारभूत बिद्यालयका झण्डै ६ सय बिद्यार्थीहरु आएका थिए । भने झण्डै १ सयको हाराहारीमा स्थानीय समुदायका नागरिकहरु उपस्थित थिए । सबैले गर्मी र हावाहुरीको समयमा आगलागीबाट बच्ने र आगो लागिहालेमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा प्रसस्तै सिकाई भएको बताए । सोही बिद्यालयका एक छात्राले भने सर मेडमले हाम्रो बिद्यालयमा पनि यस्तै चेतना जगाउने घटना अभ्यासको कार्यक्रम राख्नु पर्छ । अब गाउँमा कतै आगो लाग्यो भने हामी पनि यसैगरी नै सहयोग गछा,चुप लागेर तमासा हेर्दैनौ– सबैजसो बिद्यार्थीरुले भने ।

पुरा भिडियाे हेर्नुहाेस्

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे