नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते हुने



नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते हुने

दाङ ४ चैत्र । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ ।

यस पटक देखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे