राप्ती गाउँपालिकामा चैत्र २० गते देखी हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने



राप्ती गाउँपालिकामा चैत्र २० गते देखी हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

भालुवाङ ४ चैत्र । राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते देखी हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने कार्यक्रम तय गरिएको छ । हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने तयारी स्वरुप बुधवार पालिका स्तरिय योजना तर्जुमा गोष्ठी गरिएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधी खुवाउन थालिएको हो । गत वर्ष राप्ती गाउँपाकिामा ७६.१८ प्रतिशतलाई हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने कार्य गरिए पनि सोचे अनुसारको उपलब्धी हासिल गर्न नसकिएकोले यस वर्ष हर प्रकारले सफल हुन योजना तर्जुमा गोष्ठी गरिएको हो ।

गाउँपालिकाका ३३ हजार २ सय ९३ जनालाई औषधी खुवाई ३ सय २२ जनामा किटाणुहरूको सङ्क्रमण चेक गर्दा ९ प्रतिशत अर्थात २३ जनामा यो हात्तीपाइले रोगका किटाणु देखीएकोले सो दर न्युन गर्न सरोकारवालाहरु बीच गोष्ठी गरिएको हो । सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको गोष्ठीमा आगामी २० गते देखी सुरु हुने औषधी खुवाउने कार्यक्रम जनप्रतिनीधि र कर्मचारीबाट सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे