लमही ६ ढिकपुरका अग्नी पिडितलाई राप्ती टोल विकास संस्थाद्धारा नगद र खाद्यान्न सहयोग



लमही ६ ढिकपुरका अग्नी पिडितलाई राप्ती टोल विकास संस्थाद्धारा नगद र खाद्यान्न सहयोग

लमही ३ चैत्र । लमहीकाे राप्ती टोल विकास संस्थाले मंगलवार आगलागीबाट विस्थापित भएका लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका ६ घर परिवारलाई  ५० हजार बराबरको लत्ता कपडा, भाडाकुडा, र पाँच बोरा स्वाइविन, सर्फ र साबुन वितरण गरेको छ । मंगलवार दुमदुमा टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाको नेतृत्वमा ६ वटा घरका अग्नीपिडितलाई उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

यस्तै दुमदुमा टोल विकास संस्थाले ३९ हजार २ सय नगद र ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिए । ढिकपुरका अग्नीपिडितलाई लंगडी टोल विकास संस्थाले ११ हजार ६ सय नगद र ३० हजार बराबरको खाद्यान्न, एस.एस फेन्सी पसलका संचालक एवम् समाजसेवी श्याम चौधरीले २० हजार बराबरको लत्ता कपडा अग्नी पिडितलाई हस्तान्तरण गरेका छन् । दुमदुमा कृषि सहकारी संस्थाबाट नगद ८ हजार सहयोग गरेको अध्यक्ष अनुप बुढाले जानकारी दिए । सोमबार विहान १० बजे विद्युत् सट भइ लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर स्थित छवटा घर जलेर खरानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे