नागरिक समाज दाङको पहिलो कार्यसमिति बैठक सम्पन्न , ९ एजेण्डा माथि छलफल



नागरिक समाज दाङको पहिलो कार्यसमिति बैठक सम्पन्न , ९ एजेण्डा माथि छलफल
घोराही २५ फागुन । गत फागुन २२ गते शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत निर्वाचित नागरिक समाज दाङको पहिलो कार्यसमिति बैठक मंगलवार घोराहीमा बसेको छ । नवनिर्वाचित संयोजक केबी मसालको अध्यक्षतामा बसेको पहिलो बैठकले विभिन्न ९ वटा निर्णयहरु पारित गरेको छ । पारित निर्णयहरुमा साधारण सभा तथा अधिवेशन सम्पन्न गराउने निवर्तमान संयोजक चन्द्रराज पन्त, सचिव लक्ष्मी आचार्य, कार्यसमिति, सल्लाहकार, पाहुनाहरु र निर्वाचन मण्डललाई धन्यवाद व्यक्त गरेको छ ।
त्यसैगरी लमही– होलेरी सडक बिग्रिएकोले मर्मत गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, संयोजक केबी मसाल र कोषाध्यक्ष हरिलाल बिकको नाममा बैंक खाता सञ्चालन गर्ने, नागरिक समाजको सदस्यता खुल्ला गर्ने, हाल सम्म नेपाल पत्रकार महासंघले उपलब्ध गराएको कार्यालय निरन्तरताका लागि अनुरोध गर्ने, समावेशी बनाउन र अति अवश्यक व्यक्तिलाई मनोनयन गर्न भनि साधारण सभाले अधिकार दिएको खाली स्थानमा पद पूर्ति गर्ने, कार्यालय बोर्ड राख्ने र अफिसमा पूर्व कार्य समितिको फल्यास बोर्ड राख्ने, प्रदेश तथा पालिका स्तरिय नागरिक समाज गठन गर्ने भनि निर्णय पारित गरेको छ ।  साथै साधारण सभामा सह–संयोजक निमबहादुर थापा (नव निर्वाचित ) ले प्रस्ताव गरी साधारण सभाबाट कार्य समितिले अध्ययन गरी कार्यान्वयन गर्ने भनि पारित गरेका निम्न आठ बुँदे एजेण्डाहरुलाई आगामी कार्यक्रमको रुपमा अध्यनार्थ परित गरेको छ ।
राजनीतिक अस्थिरताको अन्त्य र पाँच वर्ष स्थायी सरकारका लागि प्रस्तावीत बुँदाहरुः–
१) प्रत्यक्ष निर्वाचनबाट ५१ प्रतिशत मत प्राप्त गरेको प्रधान मन्त्री हुने ।
२) सांसदहरु मन्त्री हुन नपाउने, व्यवस्थापिकाको मात्र काम गर्ने ।
३) नो भोट, रिजेक्ट र रि–कलको व्यवस्था गरिनु पर्ने ।
४) विभिन्न राष्ट्रिय गौरवका योजनाहरुको अध्ययन, अनुगमन र ध्यानाकर्षण के कसरी भइरहेको छ ? सम्बन्धित निकायसंग बुझेर सार्वजनिक गर्ने ।
५) नागरिक समाजको नाममा हुनसक्ने दुरुपयोगबारे सावधानी अपनाउनु पर्ने ।
६) प्रदेश स्तरिय नागरिक समाज गठनको प्रयास गर्ने ।
७) दाङका दश वटै पालिका स्तरमा नागरिक समाज सम्पर्क समिति गठन गर्ने ।
८) पालिका स्तरिय नागरिक समाजलाई सक्रिय बनाई जनतामा सु–शासनको प्रत्याभूति दिन प्रयास गर्ने ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे