प्रतिष्ठानमा नसा खुम्चिएकी ७५ बर्षीया बृद्धाको सफल अप्रेसन



प्रतिष्ठानमा नसा खुम्चिएकी ७५ बर्षीया बृद्धाको सफल अप्रेसन

घोराही २५ फागुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक जना ७५ बर्षीया नसाहरु डल्ला परेकी महिलाको सफल अप्रेसन भएको छ । घोराहीकी ती महिलाको खुट्टाको भागमा नसा डल्लो परेको अवस्थामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेकी थिइन ।प्रतिष्ठानका सर्जन डाक्टरहरु विशाल आचार्य र डा. रबि आचार्य नेतृत्वको नर्श, एनेस्थेसियासहितको स्वास्थ्यकर्मीको टोलीले ती महिलाको सफल अप्रेसन गरेको हो । खुट्टाको भागमा नसाहरु खुम्चिएर डल्लो पर्दा हिडडुल गर्न समस्या भएपछि ती वृद्ध प्रतिष्ठानमा भर्ना भएकी थिइन ।

पछिल्लो समय प्रतिष्ठानमा पर्याप्त चिकित्सकको उपलब्धतासंगै ठूला अप्रेसनहरु समेत हुन थालेको अस्पताल प्रशासनले जनाएको छ । जस्ले गर्दा बाहिरी जिल्लाहरुमा उपचारका लागि जाने बिरामीहरुपनि अब प्रतिष्ठानमै उपचारका लागि आउने गरेका छन् । प्रतिष्ठानमा दुरबिन बिधिबाट एपेन्डिसाइटिस, पत्थरीको अप्रेसन हुँदै आएको छ ।त्यस्तै नसाहरु खुम्चिएका ४ जना बिरामीहरुको दूई हप्ताको अवधिमा उपचार भइसकेको प्रतिष्ठान प्रशासनले जनाएको छ । दुरबिन बिधिबाट बुटवल भन्दा पश्चिम हर्नियाको अप्रेसनपनि प्रतिष्ठानमा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे