शिवसवरी धाम पहरूवामा हुने सांस्कृतिक कार्यक्रमकाे तयारी बारे व्यापक छलफल



शिवसवरी धाम पहरूवामा हुने सांस्कृतिक कार्यक्रमकाे तयारी बारे व्यापक छलफल

सिसहनियाँ २३ फागुन । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेकाे महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारीका बिषयमा शनिबार बेलुका बृहत्त छलफल कार्यक्रम सम्पन्न भएकाे छ । शिवसवरी धाम धार्मिक प्रतिष्ठानका अध्यक्ष मिश्रुलाल चाैधरीकाे अध्यक्षता एवम् प्रतिष्ठानका सल्लाहकार एवम् नव नेपाल बिएड क्याम्पसका अध्यक्ष रमेश वली(राजन)काे प्रमुख आतिथ्यमा भएकाे छलफलमा बाेल्ने बक्ताहरूले धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम थप ब्यवस्थीत तथा प्रभावकारी बनाउन सबैले आ-आफ्नाे क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्नेमा जाेडका थिए ।

छलफलले यस धामकाे प्रचारप्रसार तथा विकासका लागि मेलाकाे महत्त्वपूर्ण भुमिका खेल्ने भएकाेले मेला सम्पन्न गर्न आ-आफ्नाे क्षेत्रबाट पूर्ण रूपले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । प्रतिष्ठानकी महासचिव धनादेवी चाैधरीकाे स्वागत तथा बिषय प्रवेशबाट शुरू भएकाे छलफलमा धामका बिशेष सल्लाकारद्वय रूपक चाैधरी, प्रकाश बिष्ट, समितीका सदस्यहरू सुरजमनि चाैधरी, छुनिलाल चाैधरी, युवराज ज्ञवाली, टन्टुप्रसाद चाैधरी, किरण आचार्य, शिशिर चाैधरी, प्रभा चाैधरी, शान्ति माझी, रामकुमारी चाैधरी लगायतले सल्लाह-सुझाब सहितकाे आफ्नाे धारणा राखेका थिए ।

बैठककाे सहर्जीकरण प्रतिष्ठानका सदस्य तथा प्रचारप्रसार समितीकाे संयाेजक सन्ताेषकुमार गुप्ताले गरेका थिए । फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक मेलाकाे फागुन २७ गते महाशिवरात्रीकाे दिन बिहान ११ बजे हुने मेलाकाे उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीबाट हुने भएकाे आयाेजकले जनाएकाे छ ।

मेलामा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति रहने शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा सांस्कृतिक संयाेजक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयाेजना गरिएकाे छ ।

धामकाे स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चाैधरीले जानकारी दिइन् । साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे