देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा खगेश्वर खनाल सर्वसहमतीले चयन



देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा खगेश्वर खनाल सर्वसहमतीले चयन

लमही २३ फागुन । देउखुरी उद्योग बाणिज्य संघको नयाँ नेतृत्व यस पटक सर्बसहमतिले चयन भएको छ । ३ बर्षिय कार्यकालका लागि निर्वाचन मण्डलले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि २ जना सदस्यले आज आफ्नो उमेदवारी फिर्ता लिएपछि नयाँ नेतृत्व सर्बसहमतिले चयन भएको हो ।

बिमलाकुमारी शर्मा र दिल्लीराज खनालले आफ्नो सदस्य पदको उमेदवारी फिर्ता लिएपछि नयाँ नेतृत्व आएको हो । संघमा यस अघिनै सबै दलहरु बसेर सबै पदाघिकारिहरुको कार्य बाँडफाँड गरिसकिएको बुझिएको छ । आज उम्मेवारहरुले दिएको निवेदनलाई छानविन गरी निर्वाचन समितिले उम्मेवारको अन्तिम नामावली प्रकाशन गरेको छ । खनाल नेतृत्वले सर्वसहमती तरिकाबाट नाम दर्ता गराएपछि यहि समितिनै आधिकारीक हुने निर्वाचन समितिका संयोजक लिलाराम खनालले जानकारी दिएका छन् । यद्यपी नयाँ कार्य समिति घोषणाको नामावली घोषणा भने फागुन २६ गते हुने छ ।

१ हजार ३ जना सदस्य रहेको संघको ८ औं अधिवेशनले खगेश्वर खनालको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतीले चयन भएको छ । खनाल यस अघि वाणिज्य उपाध्यक्ष थिए । यस्तै संघको बाणिज्य उपाध्यक्षमा कमलजंग सिंह ठकुरी चयन भएका छन् । उनी यसअघि महासचिव पदमा थिए । भने उद्योग उपाध्यक्षमा केशब पोख्रेल चयन भएका छन् । उनी यस अघि सदस्य पदमा थिए ।

त्यसै गरी महासचिवमा लेखराज केसी(बसन्त), कोषाध्यक्षमा जागेश्वर बसेल र सचिबमा बसन्तकुमार भण्डारी रहेका छन् । त्यसै गरी सदस्यहरुमा लुमाकान्त बोहरा, ईश्वरप्रकाश श्रेष्ठ, गणेश घिमिरे, दिपक भुसाल, भिमप्रसाद भुसाल, महिला सदस्यहरुमा सहना श्रेष्ठ, शारदा सुवेदी रहेका छन् । निर्वाचन सफल बनाउन निर्वाचन समितिको संयोजकमा लिलाराम खनाल, सदस्यहरुमा प्रकाशकुमार जिसी र नवाफ अली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे