लमहीमा विभिन्न कार्यक्रम गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने



लमहीमा विभिन्न कार्यक्रम गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने

फागुन १९ लमही । लमहीमा विभिन्न कार्यक्रम गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने भएको छ । दिवसलाई मर्यादित तथा भव्यसभ्य तरिका मनाउन विभिन्न उपसमिति गठन गरिएको छ । जस अन्र्तगत जया रावलको संयोजकत्वमा १४ सदस्यीय मुल समन्वय समिति गठन गरिएको छ ।

जसको सचिबमा बिष्णुकुमारी शर्मा, कोषाअध्यक्षमा जानका पान्डेय रहेका छन् । समितिको सदस्यहरुमा निता चौधरी, सीता चौधरी, चन्द्र कला रोका, संगिता सुवेदी, ज्ञानु थापा, लक्ष्मी योगी, दुलमदास चौधरी र पत्रकार श्रवण बस्नेत लगायतका रहेका छन् ।

यस्तै मञ्च ब्यबस्थापन समितिको संयोजकमा पार्बती थापा र सदस्यहरुमा बिजया खड्का, लक्ष्मी योगी रहेका छन् । यस्तै मुल्यांकन तथा ¥याली ब्यबस्थापन समितिको संयोजकमा निता चौधरी , सदस्यहरुमा जानका पान्डेय रहेका छन् । त्यसै गरी प्रचारप्रसार समितिको संयोजकमा देउखुरी टुडेका प्रतिनिधी श्रवण बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

अर्को तयारी बैठक पुन ः फागुनको २१ गते बस्ने निर्णय भएको जनाइएको छ । लमही नगरपालिका भित्र रहेका बिभिन्न महिला समुहहरुको भेलाले यस्तो समिति गठन गरेको हो । लमही नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा कार्यालय लमहीको आयोजनामा भेला भएको हो । समितिकि संयोजक तथा लमही नगरपालिकाकी उपप्रमुख देबका बेल्बासेको अध्यक्ष्यता तथा नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भेला संम्पन्न भएको हो । शाखा प्रमुख हस्तकुमारी बिकले संचालन गरेको भेलामा स्वागत मन्तब्य शाखाकी कर्मचारी शान्ता शर्माले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे