शैक्षिक गुणस्तरमा ध्यान दिन सांसद शर्माको आग्रह



शैक्षिक गुणस्तरमा ध्यान दिन सांसद शर्माको आग्रह
लमही १८ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले शैक्षिक गुणस्तर अभिवृद्धिम ध्यान दिन सामुदायीक विद्यालयहरुलाई आग्रह गरेका छन् । आदर्श नमुना माध्यमिक विद्यालय देउपुरकाे ४५ औं बार्षिकोत्सव उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भविस्यमा देशलाई आवश्यक पर्ने जनशक्ती उत्पादनमा अहिलेनै शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
‘भौतिक पूर्वाधारमा सम्पन्न हुने तर शैक्षिक गुणस्तरमा कमजोर हुने अवस्था नहोस’उनले भने–‘भविस्यमा चाहिने जनशक्ती उत्पादनको लागी अहिले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ ।’ उनले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्ने बताए ।‘यो विद्यालयको विकास क्रम नजिकबाट नियालेको छु । सबै क्षेत्रमा नमुना बनेको छ’उनले भने–‘अझै यो विद्यालयले गुणस्तरीय शिक्षामा आफुलाइ सबैको माझ उभ्याउन सक्नुपर्छ ।
कोरोना भाइरसको संक्रमण र त्यसपछि गरिएको लकडाउनले विद्यालय क्षेत्र नराम्रो संग प्रभावित भएको बताउदै कोरोना भाइरसका कारण थलिएको शैक्षिक क्षेत्रलाइ माथि उठाउन सरकारले सहयोग गर्ने बताए ।‘कोभिड–१९ को व्यवस्थापनमा सामुदायिक विद्यालयको योग्दान ठूलो छ’उनले भने–‘विद्यालयहरुमा क्वारेन्टाइन राखियो । समुदायमा कोरोना फैलनबाट रोक्न सकियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रेशमबहादुर खड्का, एन प्याब्सनका प्रतिनिधि भुमाण्डव केसी, अभिभावक प्रकाश खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष शिवलाल पन्थि, पत्रकार दशरथ घिमिरे लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक शिवहरी पोख्रेलले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै भावी योजना बारे जानकारी गराएका थिए । नमुना कार्यक्रमलाई निरन्तरता दिने, कक्षा कोठाको व्यवस्था गर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरवन्दी माग गर्ने, निजी स्रोतमा भए पनि विषय शिक्षकको व्यवस्था गर्ने, विद्यालयको प्राङ्गनमा बाटो परेकाले आकाशे पुलको व्यवस्था गर्ने, साना वालबालिकाहरुको लागी पानीको फोहोरा सहितको आकर्षक पार्क निर्माण गर्ने योजना सार्वजनिक गरे ।
यस्तै ई–लाईव्रेरीको निर्माण गर्ने, विद्यालय परिवारलाई आवश्यकता महशुस भएमा वस सञ्चालन गर्ने सम्मका भावी कार्यक्रम छन् । विद्यालयका लेखापाल दुधराज चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण शिक्षक शेरबहादुर चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे