गढवालाई नयाँ शहर बनाउने योजना ओझेलमा



गढवालाई नयाँ शहर बनाउने योजना ओझेलमा

गढवा १७ फागुन । गढवा गाउँपालिकामा नयाँ शहर कार्यक्रम लागु भएको २ वर्ष पुरा भउको छ । तर यो अवधीमा नयाँ शहरको अनुभूति हुने गरी आयोजना अन्र्तगत उल्लेखनीय कार्य भने हुन सकेको छैन ।

नयाँ शहर कार्यक्रममा गढवा गाउँपालिकाका प्रस्तावित हुँदा स्थानीय स्तरमा खुसीयाली छाएको थियो तर अचेत शहर बनाउने विषय ओझेलमा परे जस्तै भएको छ ।

सुरुको वर्ष देखि नयाँ शहर अन्र्तगत सडक पुर्वधारमा लगानी केन्द्रित गरिएको थियो । अहिले पनि सडक पुर्वधारका योजना पुरा हुन सकेका छैनन् । वडा नम्बर १ को जुरौनी चिसापानी हुँदै धानखोला जोड्ने सडक निर्माणाधीन छ । वडा नम्बर ५ को लोखरपुर, लालपुर हुँदै धरमपुर जोड्ने सडक बनिरहेको छ ।

यी दुवै सडक र आयोजना सँग जोडिएको पुर्वधारका लागि यस वर्ष जम्मा १ करोड २० लाख बजेट छ । बहुबर्षीय योजना अनुसार सडकको काम बढेको छ । नयाँ शहर बनाउने कार्यक्रम सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दाङ मार्फत कार्यान्वयन गरिएको छ ।

सडक पुर्वधार शहर बनाउने योजनामा प्राथामिकतामा पर्ने भएकोले त्यस शिर्षकमा बजेट बिनियोजन गरिएको आयोजना कार्यालयका प्रमुख सचिन्द्रकुमार देवले जानकारी दिएका छन् । नयाँ शहरमा पर्ने क्षेत्रहरु छुट्याएको छ । बजेटको परिधि भित्र रहेर योजना कार्यान्वयन गरिरहेका छौँ– देवले भने– ‘शहरको पुर्वधार बनाउने तिर ध्यान छ’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नयाँ शहर कार्यक्रमबाट थप क्षेत्रमा लगानी गर्न सुझाव दिएको बताए ।

‘कोइलाबासमा धर्मशाला बनाउन, पार्क क्षेत्रमा लगानी लगाउनु पर्ने हाम्रो सुझाव छ’ उनले भने– ‘बजेट धेरै विनियोजन गरेर कार्यक्रम गर्दा गति लिन्थ्यो ।’
नयाँ शहर कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट अभाव छ ।

यो समस्या देशभरि छ । सरकारले ५० वटा नयाँ शहर बनाउने योजना बनाएको छ । एउटा शहर बनाउन १५ अर्व लाग्ने सरकारले बजेट प्रक्षेपण गरेको छ । ५ अर्व सरकारी क्षेत्र र १० अर्व निजी क्षेत्रबाट लगानी लाग्ने अनुमान गरिएको तर यो कार्यक्रम सरकारको प्राथामिकतामा नपर्दा बजेट अभाव हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे