तुलसीपुर खानेपानी संस्थाको निर्वाचन अनिश्चित



तुलसीपुर खानेपानी संस्थाको निर्वाचन अनिश्चित

तुलसीपुर १६ फागुन । उच्च अदालत तुलसीपुरको आइतबारको आदेशका कारण तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन अनिश्चित बनेको छ। आइतबार उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दा सम्म निर्वाचन नगराउन आदेश दिएपछि खानेपानीको निर्वाचन अनिश्चित बनेको हो।

अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सन्दर्भमा आइतबार निवेदकको तर्फबाट पाँच जना र बिपक्षीको तर्फबाट सात जना अधिवक्ताले बहस गरेका थिए। निवेदकको तर्फबाट बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल, अधिबक्ताहरु शालिकराम रेग्मी, भगवान रेग्मी, अरुणकुमार आचार्य र मधुसुदन गौतमले बहस गरेका थिए।

त्यस्तै बिपक्षी तुलसीपुर उपमहानगरपालिकाको कार्यालय र नगरप्रमुखको तर्फबाट बरिष्ठ अधिबक्ता बामदेब शर्मा, अधिबक्ताहरु प्रकाश रेग्मी र बिनु श्रेष्ठले बहस गरेका थिए।

त्यस्तै बिपक्षी तुलसीपुर खाने पानी तथा उपभोक्ता सरसफाई संस्थाको तर्फबाट अधिबक्ताहरु मोहनप्रसाद धिताल, रामशरण चौधरी, पुष्करबहादुर भण्डारी र सुनिल धितालले बहस गरेको उच्च अतालका सूचना अधिकारी भूपाल भण्डारीले  बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे