राप्ती उद्योग वाणिज्य संघको छैठौ अधिवेशनको तयारी तीब्र



राप्ती उद्योग वाणिज्य संघको छैठौ अधिवेशनको तयारी तीब्र

भालुवाङ १२ फागुन । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको यहि आउँदो फागुन २९ गते वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन हुने भएपछि तयारीलाई समेत तीब्र बनाइएको छ ।

संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षतामा मंगलवार बसेको कार्यसमितिको बैठकले थप महत्वपुर्ण निर्णय तथा जिम्मेवारी बाडफाड समेत गरेको छ । बैठकले साधारण सभा तथा अधिवेशन उद्घाटनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मालाई निमन्त्रणा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले साधारण सभा तथा अधिवेशनलाई व्यवस्थित तथा मर्यादित बनाउन जिम्मेवारी समेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे