बस दुर्घटना हुँदा दाङका एक चालकको मृत्यु



बस दुर्घटना हुँदा दाङका एक चालकको मृत्यु

तुलसीपुर १२-फागुन बस दुर्घटना हुँदा दाङका एक चालकको मृत्यु भएको छ । दाङबाट काठमाडौंकालागि छुटेको ना ६ ख ५०३५ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ घ्युखोला नजिकै दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४० बर्षीय मोतिराम बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुधबार राति अनियन्त्रित भएर यात्रुबहाक बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । गाडी झण्डै एकसय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे