लमही बजारको सडकपेटी अतिक्रमण गरि व्यवसायी संचालन, स्थानीय सरकार मौन



लमही बजारको सडकपेटी अतिक्रमण गरि व्यवसायी संचालन, स्थानीय सरकार मौन

लमही ११ फागुन । लमही बजार क्षेत्रको मुख्य चोक स्थित सडकपेटीमा यत्रतत्र छरिएर व्यवसायी सञ्चालन गरिएको छ । जसले गर्दा दाङको लमही बजार क्षेत्र कुरुप बन्दै गएको छ । बजार क्षेत्रका सडक पेटि अतिक्रम गरि स्थानीयहरूले व्यवसायी संचालन गर्न थालेपछि पैदल यात्रुहरू जोखिममा परेका छन् ।

लमहीको बसपार्क देखि बजारको मुख्य चोक देखि लमही अस्पताल जाने सुनखोली चोकसम्मको सडक पेटी कानुन विपरीत अतिक्रम गरि व्यवसायी संचालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढाएको हो । बजारका मुख्य चोकमा रहेको सडकपेटीमा पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायीक सामाग्री थुपार्ने कार्य गरेर स्थानीयले सडकपेटी अतिक्रम गरेका छन् । पैदल यात्रुको लागि निर्माण गरिएको सकडपेटी अतिक्रम भएपछि पैदल यात्रु भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् ।

यसरी सडकपेटी अतिक्रम गरि रहदा पनि नगरपालिका, ट्राफिक प्रहरी, सडक कार्यालय जस्ता सम्बन्धित निकायले यश विषयमा कुनै चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् । व्यक्तिगत फाईदाको लागि बजारको स्वरूप बिग्रिने गरि सार्वजनिक सडकपेटी अतिक्रम गर्दा पनि लमही नगरपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीय व्यवसायी युवराज पोख्रेलले बताए ।

यस्तै लमही बजार क्षेत्रमा उचित रुपमा पार्किङ्ककमो व्यवस्था नहँुदा र नालामाथि सल्याब लगाएर बनाइएको सडकपेटीमा व्यापारीहरूले व्यवसायीक सामाग्रीहरू थुप्रिएपछि सडकबाट हिड्नुपर्दा सडकमा हिड्ने साना तथा ठुलो सवारीसाधनको ठक्करले ज्यान जाने डर भएको स्थानीय पवन रिजालले बताए ।

लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले संरचनाको कमी भएकै कारण लमही बजार अलि अस्तव्यस्त भएको बताए । उनका अुसार अव हामीले नगर प्रहरीको व्यवस्थापन गछौँ र त्यपछि बजार व्यवस्थापन तर्फ अगि बढ्ने बताए । यता सडक डिभिजन कार्यालय दाङका सब–ईञ्जिनियर महेश विकले आफुले पटकपटक जानकारी गराउँदा पनि अटेरी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे