घटनाको छानबिन गर्ने सहमतिमा आफन्तले शव बुझे



घटनाको छानबिन गर्ने सहमतिमा आफन्तले शव बुझे

दाङ १२ फागुन । निश्पक्ष छानबिन र दोषीलाई कारबाही गर्ने सहमति भएपछि आफन्तले गएराति शव बुझेका छन् । रोल्पाको गंगादेव गाउँपालिका–३ लोरीबीनी निबासी ४५ बर्षका नन्दराम वलीको फागुन ९ गते बिहान मृत्यु भएपछि घटनाको निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आफन्तले शव बुझ्न अस्किार गरेका थिए ।

विगत १६ बर्षदेखि तुलसीपुरको मालपोत नजिकै बस्दै आएका नन्दरामले कुटपिट गरेको भन्दै कान्छी श्रीमतीले ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर गरेपछि प्रहरीले उनलाई ८ गते राति नियन्त्रणमा लिएको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुर र पिडित पक्षबिच कान्छी श्रीमतीले तुलसीपुरमा काजक्रीया गर्ने , मृतकको शव मुल जन्मथलोमा लगेर सतगत गर्ने, घटनाको छानबिन गरेर दोषी पाइएमा जोसुकैलाई पनि कडा कारबाही गर्ने लिखित सहमति भएपछि भएपछि कान्छी श्रीमती र जेठी श्रीमतीले संयुक्त रुपमा शव बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे