दाङमा चोरी गरेको मोटरसाईकल सहित २ जना पक्राउ



दाङमा चोरी गरेको मोटरसाईकल सहित २ जना पक्राउ

तुलसीपुर १२ फागुन । चोरी गरेको मोटरसाईकल सहित दाङमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निबासी १९ बर्षका ओसीम खान र सोही ठाउँ निबासी बरुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लु १८ प ९५०४ र बा ८३ प ७६७५ नम्बरको पल्सर मोटरसाईकल सहित घोराहीको बसपार्कबाट दुबैजनालाई पक्राउ गरिएको एसपी गणेस चन्दले जानकारी दिएका छन् । मोटरसाईकल धनी राप्ती गाउँपालिका–२ निबासी गिरीराज भुसाल र कपिलवस्तुको शिवराज नगरपालिका–३ निबासी बिक्रम केसीले मोटरसाईकल हराएपछि प्रहरीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे