तुलसीपुरमा बाघको छाला सहित २ जना पक्राउ



तुलसीपुरमा बाघको छाला सहित २ जना पक्राउ

तुलसीपुर १२ फागुन । दाङको तुलसीपुरमा बाघको छाला सहित सल्यानका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाघचौर नगरपालिका–९ निबासी २९ बर्षका सन्दिप डाँगी र शारदा नगरपालिका–१५ निबासी ३७ बर्षका इन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

सल्यानबाट तुलसीपुर बजार आउँदै गरेका दुबैजनालाई तुलसीपुर–३ गोठीखोलामा चेकजाँच गर्ने क्रममा व्यागमा राखेको पुच्छुरको भागदेखि टाउको सम्मको ४ फिट, ५ ईन्च लम्बाई र एक फिट चौडाइ रहेको एकथान बाघको छाला सहित पक्राउ गरिएको हो । प्रहरीले छाला ओसारपसारमा संलगन रहेको रा४ प ८८४७ नम्बरको मोटरसाईकल र दुई वटा मोबाईल पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे