देउखुरी उद्योग वाणिज्य संघको निर्वाचन फागुन १५ गते हुँदै



देउखुरी उद्योग वाणिज्य संघको निर्वाचन फागुन १५ गते हुँदै

लमही १२ फागुन । देउखुरी उद्योग वाणिज्य संघ लमहीको १७ औं बार्षिक साधारणसभा तथा अधिबेशन यही फागुको १५ गते लमहीमा हुने भएको छ । यस बर्ष निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भएपछि सबैको ध्यान अहिले त्यस तर्फ मोडिएको छ ।

यहाँका राजनीतिकदलहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा होटेल, बस्ती, गाउँ, टोलहरुमा चर्चा परिचर्चा भइरहेको देख्न पाइन्छ । सबै दलहरुले आफनो तवरले एक आपसमा कुराकानी गरिरहेका छन् । सधै जसो हुने निर्वाचनमा अहिले सम्म सर्बसहमत रुपमा नयाँ नेतृत्व आएको भने उदाहरण नै छैन् ।

सधै तामझामका साथ सांसदको निर्बाचनको झल्को दिने गरि निर्वाचन हुँदै आएरहेको उदाहरण संघमा छ । यस पटक पनि सर्बसहमतमा नयाँ नेतृत्व आउने संभावना कम छ । २०५६ सालमा स्थापना भएको संघमा २०५७ सालमा जम्मा १ हजार ७ सय ४७ सदस्य रहेका थिए ।

असोज महिना सम्म २ सय ५६ जनाले सदस्यता नबिरण गरेको संघको निर्बाचन यस बर्ष हुने भएपछि उक्त सदस्यता संख्या बढेर झन्डै ११ सय पुगेको कार्यालय सहयोगी खुमबहादुर रावतले बताए । उक्त दिन ठिक ११ बजे बिहान हुने दुबै कार्यक्रम उद्योग वाणिज्य संघको आफ्नो हलमा सुरु हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे