देउखुरीमा एक वडाध्यक्षलाई गाली गरेको भन्दै शिक्षक पक्राउ



देउखुरीमा एक वडाध्यक्षलाई गाली गरेको भन्दै शिक्षक पक्राउ

लमही ४ फागुन । वडाध्यक्षलाई गालि बेइजत गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बाबुराम चौधरीलाई सोही वडा निवासी जीवन अधिकारीले सामाजिक संजालमा तथानाम गालि गरेको भन्दै वडाध्यक्ष चौधरीले प्रहरीमा उजुरी दिएका थिए ।

अधिकारी लर्ड बुद्घ बोर्डिंग स्कुलका शिक्षक भएको प्रहरीले बताएको छ । अधिकारीले सोमवार वडा नम्बर ३ को कार्यालयमै आएर वडाध्यक्ष चौधरीलाई गालि समेत गरेका थिए ।

उजुरीका आधारमा प्रहरीले अधिकारीलाई मंगलवार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । पक्राउ परेका अधिकारीलाई अभद्र ब्यबहार सम्बन्धि मुद्घा दर्ता गरेर कारबाहीको प्रक्रिया अघि बढाईने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे