मुहार फेर्दै गढवाको पचहिया स्कूल



मुहार फेर्दै गढवाको पचहिया स्कूल

शिबराज पन्थी, गढवा ४ फागुन ।

जीर्ण अवस्थाको बिद्यालय भवन । कक्षाकोठाको चारैतिर पानी चुहीने,बर्षातको बेला छतमा त्रिपाले ढाक्नुपर्ने,कत्तिबेला छत भत्किएर बिद्यार्थीको ज्यान जाने भन्ने बिकराल स्थिती । बिगतका बर्षहरुमा माध्यमिक बिद्यालय पचहियामा यस्तो बिकराल अबस्था रहेको थियो ।

अहिले यो समस्या बाट गढवा गाउँपालिका वडानं. २ स्थित माध्यमिक बिद्यालय पचहियाको पुर्ण रुपमा मुहार फेरिएको छ । पुरानो जिर्ण भवन भत्काइएको छ । गढवा गाउँपालिकाले ६४ लाखको लागतमा पहिलो चरणमा भु–कम्प प्रतिरोधी २ तल्लाको आठकोठे भवन तयार गरेको छ भने दोश्रो चरणमा ३२ लाखको लागतमा ४ कोठाको एक तल्ले भवन तयार गरेको छ ।

पुनः गाउँपालिकाको शिक्षाको बजेटबाट १० लाख फिनिसीङका लागि थपियो भने यस बर्ष निर्वाचन क्षेत्रबिकास कोषबाट २५ लाखको बजेटबाट उपल्लो तल्ला थपियो । पुन १० लाखको बजेटबाट सो तल्लामा रहेका कक्षाकोठाहरु पनि रंगरोगन गरिएको छ । यसैगरी वडा कार्यालयको एक लाख बजेटबाट बाउण्ड्री वाल तथा तथा गाउँपालिकाको ५ लाख बजेटबाट चर्पिहरु निर्माण गरिए । अहिले भौतिक पुर्वाधारमा सो बिद्यालयले काँचुली फेरेको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

गाउँपालिकाले केन्द्र र प्रदेशमा समन्वय गरेर बिद्यालयहरुको भौतिक निर्माणमा ध्यान दिएको छ भने सिपि नेपाल संगको समन्वय सहकार्यमा वाल बिकासको इसिडी कक्षा ब्यवस्थापन गरिएको छ । हेर्दै लोभलाग्दो संरचना निर्माण गरि मुहार फेर्न सफल भएको सो बिद्यालयको भौतिक निर्माणका २ बर्षमा लागि १ करोड ९ लाख ८४ हजार ४ सय २७ रुपिया खर्च गरिएको बिद्यालयका प्रधानाध्यापक उदयराम बर्माले जानकारी दिए ।

यसैबीच बसन्त पंचमीको पावन अवसर जुराएर सो बिद्यालयले मंगलबार आफ्नो ३० औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधेश्याम थारु कुमालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सिपी नेपालको सहयोगमा तयार पारिएको इसिडी कक्षाको रिबन काटेर गाउँपालिकाका अध्यक्षले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बिद्यालयको भौतिक सुधार गरी काचुली फेर्न गाउँपालिकाले योगदान गरेको भन्दै गुणस्तरिय पठन–पाठनका लागि शिक्षक र बिद्यार्थीले ध्यान दिनुपर्ने बताए ।

गाउँपालिकाको समन्वय र सहकार्यबाट गोबरडिहामा राप्ती प्राबिधिक शिक्षालय स्थानान्तरण गर्न थालिएको र सो कार्यमा गाउँपालिकाले १ करोड लगानी गर्ने भएको अध्यक्ष यादवले जानकारी दिए । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको गढवालाई शैक्षिक हव बनाउने गाउँपालिकाको योजना रहेको पनि अध्यक्ष यादवले कार्यक्रममा बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य देवीलाल थारु कुमाल, शिक्षाप्रेमी बेगम गहतराज, अक्षयकोष संस्थापक मन्सराम यादव र बिद्यालयका सल्लाहकार बालकराम यादव, हरिप्रसाद योगी, लगायतले बिद्यालयको मुहार फेरिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बिद्यालयका प्रअ उदयराम बर्माले संस्थागत तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरे । बर्षभरीको पठन पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थहरुलाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । बिद्यालयका शिक्षक यशोधा आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक धर्मराज शर्माले गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे