LISTEN LIVE RADIO

तुलसीपुर उवासंघमा श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, चालिसे र टेकनबीच प्रतिस्पर्धा हुने



तुलसीपुर उवासंघमा श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, चालिसे र टेकनबीच प्रतिस्पर्धा हुने

तुलसीपुर २८ माघ । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गराएका अनुप कुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबारसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । यो संगै अध्यक्षमा बाम्पन्थी प्यानलको तर्फबाट रामप्रसाद चालिसे र प्रजातान्त्रिक प्यानलबाट हिमाल बस्नेत(हिमाल)ले चुनाब लड्नेछन् ।

त्यस्तै बाणिज्य तर्फका उम्मेदवार डिल्लीबहादुर वली र भुपाल रावतले उम्मेदवारी फिर्ता लिएका छन् । यो संगै अब बाम्पन्थी तर्फका उम्मेदवार मिनराज भण्डारी र प्रजातान्त्रिक तर्फका उम्मेदवार गोकर्ण गिरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारी फिर्ता लिएका वलीले भण्डारीलाई समर्थन गरेर चुनाब प्रचार अभियानमै लागेका छन्, भने राप्रपा निकट रावतले पनि भण्डारीलाई नै समर्थन जनाएका छन् । खुल्ला तर्फका उपाध्यक्षमा पनि दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । राजेन्द्र प्रसाद श्रेष्ठ र देवेन्द्र केसीले उम्मेदवारी फिर्ता लिएसंगै अब बाम्पन्थी तर्फका उम्मेदवार ?पबहादुर खत्री र प्रजातान्त्रिक तर्फका उम्मेदवार तुलसीराम न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ ।

उद्योग उपाध्यक्षमा यज्ञबहादुर केसी र ललितजंग शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । बाम्पन्थी प्यानलले महासचिब र कोषाध्यक्षमा उम्मेदवारी दिएको थिएन् । त्यसैले महासचिबमा प्रजातान्त्रिक प्यानलको तर्फबाट विनिल केसी र स्वतन्त्र उम्मेदवार केशव केसीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिव पदमा बाम्पन्थी प्यानलका वेदप्रसाद वली, प्रजातान्त्रिक प्यानका खुशलराम शर्मा तथा जनमोर्चाका दुर्गाप्रसाद भण्डारी, स्वतन्त्र उम्मेदवार सपना बस्नेतबीच प्रतिस्पर्धा हुने छ ।

कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका डिलबहादुर वली र स्वतन्त्र उम्मेदवार देवबहादुर केसीबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सहकोषाध्यक्षमा बाम्पन्थी प्यानलका टेकप्रसाद केसी, प्रजातान्त्रिक प्यानलका कमल गौतम र स्वतन्त्र उम्मेदवार हेमेन्द्र खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सदस्यह?मा बाम्पन्थी प्यानलको तर्फबाट नबीन राई, चन्द्र्रवहादुर वली, कमल डिसी, दुर्गाप्रसाद भुषाल,चक्रप्रकाश नेपाली, महिला सदस्यमा गंगा खड्का वली र निर्मला भुषाल चुनाबी मैदानमा छन् ।

त्यस्तै प्रजातान्त्रिक तर्फका उम्मेदवार जनकबहादुर रावत,झूपलाल खड्का, बालकृष्ण डाँगी, पवन केसी, लिलामणी चौधरी महिला सदस्यमा बिब्वीबेगम कवडिया, निलम बस्नेत चुनाबी प्रतिस्पर्धामा छन् । संस्थागत सदस्यमा प्रमोद सोनी र एसोसिएट सदस्यमा सन्दिपन रिजाल भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै स्वतन्त्रबाट दिपेश भण्डारी, रुपेश शर्मा, डिलाराम बुढाथोकी, बालकृष्ण डांगी र महिला सदस्यहरुमा नारायणीकुमारी वली, यमकुमारी घिमिरे रहेका छन् । बाम्पन्थी प्यानललाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले समर्थन जनाएको छ, भने प्रजातान्त्रिक प्यानलाई नेपाली काँग्रेसले समर्थन जनाएको छ । फागुन १ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे