LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती गाउँपालिका आमा बुवाको राम्रो स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानीत



देउखुरीकाे राप्ती गाउँपालिका आमा बुवाको राम्रो स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानीत

भालुवाङ २८ माघ । दाङको राप्ती गाउँपालिकामा परिवारका जेष्ठ नागरिक (आमा बुवा) राम्रोसँग स्हार सुसार गरेका परिवारलाई सम्मान गरिएको छ । राप्ती गाउँपालिकाका ९ वटै वडाका ६७ जनालाई परिवारका जेष्ठ सदस्यको सम्मानपूर्ण ब्यवहारका साथ संरक्षण सहित पालन पोषण गर्दै आएकोमा सम्मान गरिएको हो ।

जेष्ठ नागरिक आमा बुबा, सासु, ससुरा वा अन्य जेष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिका कम नहोस भनेर छोरा बुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । विगतका वर्षदेखि राप्ती गाउँपालिकामा सुरु गरिएको जेष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा परिवारका जेष्ठ नागरिक सदस्यको उचित स्हार सुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिईदै आईएको उनले बताए ।

सम्मानित हुनेहरुमा वडा नं १ वाट केसरबहादुर कुमाल, लाली कुमाल, शान्ती जिसी, हिरामणी शर्मा, अन्जु शर्मा, निराजन शर्मा, गीता ज्ञवाली र वडा नं २ बाट लालबहादुर रोका, माया बुढा, गोबिन्द चौधरी, जागेश्वरी चौधरी, खिमु भट्टराई, अनिता जिसी रहेको राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीबनकुमारी जिसीले जानकारी दिनुभयो ।

साथै वडा नं ३ बाट मेघराज पौडेल, सुमित्रा पौडेल, रोमलाल शर्मा, नुमादेबी शर्मा, राजगिरी चौधरी, बगेश्वरी चौधरी, थम्मन बैमा मगर, छबि बैमा मगर, वडा नं ४ बाट रोइनु चौधरी, समिता चौधरी, तिर्सना चौधरी, खगेन्द्र मल्ल, रेनु शाही, कमला स्याङवा, वडा नं ५ बाट गणेशकुमार चौधरी, सरस्वती चौधरी, तिलक पोख्रेल, टुकीकुमारी पोख्रेल, दिनेश चौधरी, चन्द्रा चौधरी, जिबराज भट्टराई, सरस्वती भट्टराई रहेका थिए ।

वडा नं ६ बाट प्रदिप चौधरी, कमला भण्डारी चौधरी, रामप्रसाद चौधरी, रामपति चौधरी, कालीराम चौधरी, लखनी चौधरी, छबिलाल चौधरी, जान्की चौधरी, वडा नं ७ बाट कमलबहादुर चौधरी, हिरामती चौधरी, भोजराज चौधरी, हिरामती चौधरी, कृष्ण परियार, खिमेश परियार, उदय चौधरी, रामकृष्णी चौधरी, वडा ८ बाट भगतलाल चौधरी, फुलमाया चौधरी, भगतनारायण चौधरी, सिलापती चौधरी, टोपबहादुर गुरुङ्ग, चनु गुरुङ्ग, तेजबहादुर थापा मगर र शारदा थापा मगरले सम्मान पाएका थिए ।

वडा नं ९ बाट रुद्र फुङजा, पुष्पा फुङजा, धनबिर सुनारी, चुमा सुनारी, बिष्णु बराल, तुलसी बराल, मोहन घर्ती र चुमी घर्ती रहेको जिसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे