LISTEN LIVE RADIO

अटो रिक्सा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा ४ जना पक्राउ



अटो रिक्सा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा ४ जना पक्राउ

तुलसीपुर २८ माघ । दाङको तुलसीपुरबाट पुस ११ गते राति पौने १ बजेतिर अटो रिक्सा नियन्त्रणमा लिई लुटपाट गरेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बसपार्कमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी २० बर्षीय सुमन नेपाली, तुलसीपुर ८ बस्ने २० बर्षीय रोहित बिक, तुलसीपुर ६ निवासी १८ बर्षीय सरोज नेपाली र सल्यान त्रिबेणी गाउँपालीका ३ निवासी १८ बर्षीय दिनेश डांगीलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताए को छ ।

उनीहरुले बसपार्कमा तेज बहादुर नेपालीले चलाएको रा १ ह २५४६ नम्बरको अटो चलाई कोठा तर्फ जाने क्रममा उनीहरुले सोही अटो रोकी चालकको घाटीमा खुकुरी तेस्र्याई डर त्रास देखाउँदै लुटपाट गरेका थिए ।

तुलसीपुर, १२ स्थित महेन्द्र स्कुलको पछाडी एकान्त स्थानमा लिई चालकलाई हात, मुक्का, लात्ती समेतले हानी कुटपिट गरी घाईते बनाई दुबै हात पछाडी बाँधी चालकको साथमा रहेको नगद रुपैया, मोवाईल लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे