LISTEN LIVE RADIO

आम्दा नेपालद्धारा गढवालाई स्वास्थ्य भवन हस्तान्तरण गर्ने क्रम जारी



आम्दा नेपालद्धारा गढवालाई स्वास्थ्य भवन हस्तान्तरण गर्ने क्रम जारी

शिबराज पन्थी, गढवा २८ माघ ।

आम्दा माइण्ड्स जापानको आर्थिक तथा प्राविधिक सहयोगमा आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाद्धारा बुधबार गढवाको चिमचिमेमा निर्माण भएको स्वास्थ्य मापदण्ड बमोजिमको सामुदायिक स्वास्थ्य इकाइ भवन एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आम्दा नेपाल र आम्दा माइन्सले गढवा—२ चिमचिमेमा निर्माण सम्पन्न भएको स्वास्थ्य इकाइ भवन गढवा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा आम्दा नेपालका परियोजना प्रमुख डा.ऋषिकेश नारायण श्रेष्ठ, आम्दा माइन्स जापानका परियोजना अधिकृत प्रदिपराज पन्त, आम्दा नेपालका परियोजना प्रबन्धक राजेन्द्र रुचाल लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आम्दा नेपालसंगको समन्वय र सहकार्यमा गढवा गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई तथा गाउँघर क्लिनिकका भवनहरु निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको र स्वास्थ्य क्षेत्रमा निकै महत्वपुणर् कार्यहरु गरेको बताए ।

आम्दाले बनाएका भवनहरुमा गाउँपालिकाले जनशक्तिको बयवस्थापन गर्ने र आम्दा नेपालसंगको सहकार्यमा प्रदेश राजधानी घोषणा भै सकेको देउखुरी क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन जरुरी भएको अध्यक्ष यादवले बताए ।

कार्यक्रममा आम्दा नेपाल तथा आम्दा माइन्स लाई गढवा गाउँपालिकाले सम्मान स्वरुप प्रशंसा-पत्र प्रदान गरेको थियो । मंगलबार गढवाको वडा नं. १ कालाकाटेमा निर्माण भएको भवन गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो भने बिहिवार गढवाको मुसीनाका र खबरीनाकामा निर्माण भएका गाउँघर क्लिनिक भवनहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको आम्दा नेपालले जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्यशाखाका सहसंयोजक द्रोपदा सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको भवन हस्तान्तरण कार्यक्रमको संचालन आधारभूत स्वास्थ्य केन्द्र कोठरीका इन्चार्ज रामराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे