LISTEN LIVE RADIO

नेपालमा पहिलाे पटक महिला गुरु शिवलक्ष्मीद्वारा दाङकाे हनरियामा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न



नेपालमा पहिलाे पटक महिला गुरु शिवलक्ष्मीद्वारा दाङकाे हनरियामा सत्यनारायणकाे पुजा कार्यक्रम सम्पन्न

दाङ २८ माघ । दाङकाे घाेराही उप-महानगरपालिका-७ हनरियामा शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम माघ २५ गते आईतबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट सत्यनारायणकाे पुजा सम्पन्न गरिएकाे हाे ।

धामका चेला घाेराही उप-महानगरपालिका-७ हनरिया निवासी रतन चाैधरी र सिता चाैधरीकाे आयाेजनामा उक्त गाउँमा दाेस्राे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे ।

सत्यनारायणकाे पुजा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरी, धामका पुजारीहरू सन्ताेष बुढाथाेकी, साेमिया बस्नेत र बसन्ती धामीले गरेका थिए ।

सत्यनारायण पुजा आयाेजक सीता चाैधरीकाे अध्यक्षता एवम् शिवसवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । उक्त पुजामा राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चाैधरी, रेडियाे मध्यपश्चिमका समाचार बाचक आरएम कुसुमियाँ, राष्ट्रिय थारू कलाकार मञ्च दाङका कार्यक्रम संयाेजक श्रीनारायण चाैधरी, हनरिया गाउँ अगुवा क्रिमलाल चाैधरी, शिवसवरी धाम धार्मिक प्रतिष्ठानका अध्यक्ष मिश्रुलाल चाैधरी, धामकी महासचिव धना चाैधरी, सचिव कमल चाैधरी र काेषाध्यक्ष सुमित्रा चाैधरी लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।
पुजा पछि रातभरि नै भजनक्रितन तथा नाचगान गरिएकाे थियाे । पुजामा हनरिया गाउँका सयाैँ भक्तजनहरूकाे सहभागिता रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे