कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा टेकनलाई उम्मेदवार बनाउने



कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा टेकनलाई उम्मेदवार बनाउने

तुलसीपुर २३ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि कांग्रेसले हिमाल बस्नेत (टेकन) लाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार छनौट समितिका संयोजक केशव आचार्यका अनुसार फागुन १ गते हुने निर्वाचनमा काँग्रेसले सर्वसहमतिमा टेकनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पूर्वअध्यक्ष समेत रहेका टेकन पुनः अध्यक्ष बन्ने आकांक्षा प्रस्तुत गरेका थिए । आचार्यसहित दाङ क्षेत्र नं. ३ का कांग्रेस सभापति जगत खड्का र जिल्ला सदस्य सुरेन्द्र खड्का गरि तीन सदस्यीय समितिले सर्वसम्मतिमा अध्यक्ष बनाउने निर्णय गरेको हो । बाँकी सदस्यहरुको भने अझै टुंगो लागेको छैन । साथै संयोजक आचार्यले अन्य पार्टीसंग सहकार्य गरेर जान सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे