LISTEN LIVE RADIO

दाङकाे घोराहीमा २ लाख २० हजार नगद सहित ७ जुवाडे पक्राउ



दाङकाे घोराहीमा २ लाख २० हजार नगद सहित ७ जुवाडे पक्राउ

घोराही २३ माघ । दाङमा प्रहरीले २ लाख २० हजार रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा स्थित केशरबहादुर शाहको घरमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक मोहजजंग बुढथापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले २ लाख २० हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास सहित ती ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घरधनी केशरबहादुर शाहका छोरा प्रज्वल थापा, घोराही २ का रोहन खाती, घोराही १६ का धिरण शाह, घोराही १३ का सुनिल पुनमगर, घोराही ७ का पंकज पन्त, घोराही ९ का होमबहादुर केसी र रोल्पा त्रिवेणी ७ का विजय गाहामगर रहेका छन् ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी कार्वाही प्रहरी सुरु भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे