रेडक्रसद्धारा सर्पदंश उपचार केन्द्रका लागि भेण्टिलेटर हस्तान्तरण



रेडक्रसद्धारा सर्पदंश उपचार केन्द्रका लागि भेण्टिलेटर हस्तान्तरण

शिबराज पन्थी गढवा २० माघ ।
नेपाल रेडक्रस दाङको इन्कोर परियोजनाले गढवा गाउँपालिकाले संचालनमा ल्याएको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रका लागि १७ लाख बराबरको भेण्टिलेटर हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच रेडक्रस दाङका सभापति नारायण आचार्य, परियोजनाका अधिकृत जगत तामाङ र फिल्ड अधिकृत देवि प्याकुरेलले संयुक्त रुपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गरेका हुन् ।

सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि दक्षिण देउखुरीका नागरिकहरुलाई सर्पदंशको उपचारमा सहज भएको छ । उपचार केनद्रमा हाल सम्म ४२ जना नागरिकहरुले सेवा पाइसकेको गढवा गाउँपालिकाले जनाएको छ । उपचार केन्द्र सुरु हुनु अघि गढवा गाउँपालिकाले सर्पदंशका बिरामीहरुको हकमा गोरुसिंगे सम्मको निःशुल्क एम्बुलेन्स भाडा उपलब्ध गराउँदै आएको थियो । अब भने निःशुल्क एम्बुलेन्स भाडा दिने प्रकृया अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे